नियम ५२
लिलाम गर्ने अधिकारी
(१) जिन्सी निरीक्षण प्रतिवेदनमा पुरानो भै काममा आउन
नसक्ने, टुटफुट भै बेकम्मा भएका र पुन मर्मत नहुने भनी किटान भएका
मालसामानमध्ये सचिवले लिलाम गर्नु पर्ने भनी ठहराएका मालसामानको परल मूल्य
खुलेकोमा चालीसहजार रुपैया“सम्मको र परल मूल्य नखुलेको भए हाल मूल्याड्ढन
भएको मूल्यमा दशहजार रुपैया“सम्म वा दुवै गरेर पचासहजार रुपैया“सम्मका
मालसामान आर्थिक प्रशासन शाखा प्रमुख र भण्डारको जिम्मा लिएको कर्मचारीको
राय लिई अधिकार प्राप्त अधिकारीले परिच्छेद–१० को कार्यविधि अपनाई लिलाम गर्न
सक्नेछ ।
(२) उपनियम (१) मा उल्लिखित रकम भन्दा बढी मूल्यको मालसामान लिलाम
गर्नु पर्दा जिल्ला विकास समितिमा पेश गरी निर्णय भए बमोजिम गर्नु पर्नेछ ।